२० असोज २०८१, आइतवार

मनमोहन अस्पतालमा पनि सिटी स्क्यान सेवा

१७ असोज २०८१, बिहिवार
Image

झापा, १७ असोज । मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ । 

अस्पतालमा सिटी स्क्यान जडानपश्चात जटिल किसिमका रोगहरूको पहिचान गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा स्त्री तथा प्रसूती रोगका वरिष्ठ विशेषज्ञ डा. एकराज गौतमले बताउनुभयो ।

मनमोहनमा जडान गरिएको सिटी स्क्यान मेसिन क्यानोन कम्पनीको रहेको छ । क्यानोन कम्पनीको मेसिन निकै प्रभावकारी मानिन्छ । उपकरण अस्पतालमा जडान गरेर सेवा प्रदान गर्न सुरु गरिएको अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश खरेलले बताउनुभयो ।