२ कार्तिक २०८१, शुक्रवार

चारआलीमा बन्ने भयो पेट्रोलियम पाइपलाइन र टर्मिनल

१७ असोज २०८१, बिहिवार
Image

झापा, १७ असोज । चारआलीदेखि भारतको सिलिगुढीसम्म पेट्रोलियम पदार्थ ल्याउन पाइपलाइन निर्माण गर्ने सम्बन्धी आज सम्झौता भएको छ ।

नेपाल र भारतका आयल निगमका अधिकारीहरुले काठमाडौंमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारले हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार भारतको सिलिगुढीदेखि काँकरभिट्टा हुँदै चारआलीसम्म ५० किलोमिटर लामो पाइपलाइन निर्माण गरिने भएको छ ।

चारआलीमा १८ हजार ९०० केएल क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल निर्माण गरिने सम्झौतामा उल्लेख छ ।

झापाको चारआली र चितवनको लोथरसम्म निर्माण हुने पाइपलान परियोजनाको कूल लागत रु. १५ अर्ब रहेको छ ।