९ माघ २०८१, बुधवार

उपनिर्वाचन

कनकाईमा एक स्वतन्त्रसहित नौ उम्मेद्वार मैदानमा

२ मंसिर २०८१, आइतवार
Image

कनकाई, २ मङ्सिर । कनकाई नगरपालिका वडा नंं ६ मा एक स्व्तन्त्रसहित नौ जना उम्म्ेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

नेपाली कांग्रेसबाट रामगोपाल ओली, नेकपा एमालेबाट तुलाराम बस्नेत, नेकपा माओबादी केन्द्रबाट गणेशबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायण निरौला, जनमत पार्टीबाट शुकलाल राजबंशी, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजबंशी, मंगोल नेसनल अर्गनाइजेसनबाट पदमबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले आज उम्म्ेद्वारको मनोनयन पत्र दर्ता गराउनु भएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनु भएको छ ।

आज विहान १० देखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने समय थियो । 

वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधनपछि उपनिर्वाचन हुन लागेको हो ।