१५ पुष २०८१, सोमवार

चारआली खानेपानी

अध्यक्षमा एमाले र कांग्रेसलाई हराउँदै माओबादीका चिमरिया बिजयी

२ मंसिर २०८१, आइतवार
Image

चारआली, २ मङ्सिर । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित हुनु भएको छ । 

निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको अलग अलग प्यानल थियो । माओवादी केन्द्रको प्यानलबाट चिमरिया चुनावी मैदानमा हुनुहुन्थ्यो ।

संस्थाको एउटा सदस्य पदबाहेक सबै पदमा चिमरियाको प्यानलले जित हासिल गरेको छ । उहाँको प्यानलमा रास्वपा, राप्रपा र जसपा सहभागी थियो ।

अध्यक्ष पदका उम्मेद्वार राजन चिमरियाले ९११ मत पाउनु भएको छ । अध्यक्ष पदका अरु उम्मेद्वाहरुले ल्याएको मतभन्दा बढी मत चिमरियाले पाउनुभयो ।

नेपाली काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत प्राप्त गर्नुभएको थियो । 

उपाध्यक्षमा चिमरिया प्यानलकै मैया कार्की ६०९ मत ल्याएर विजयी बन्नुभएको छ । उपाध्यक्षका अरु उम्मेद्वारहरु काँग्रेसकी दिपा आचार्य पौडेलले ३८५ र एमालेकी पुष्पा गौतम खनालले ५२० मत प्राप्त गर्नु भयो । 

सचिव पदमा चिमरिया प्यानलकै प्रेमराज घिमिरे ६६४ मत ल्याएर विजयी बन्नुभयो । उक्त पदमा काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत प्राप्त गर्नुभयो । 

कोषाध्यक्षमा चिमरिया प्यानलकै साउन मेचे (बादल) ५७७ मत ल्याएर बिजयी हुनुभयो । सो पदमा काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत पाउनुभयो ।

सदस्य पदमा चिमरिया प्यानलका पुरुषोत्तम सिग्देल, चन्द्रकला तदेबुङ्ग, तेजबहादुर लिम्बु र अञ्जु फेवादिन बिजयी हुनुभयो । एउटा सदस्य पदमा नेकपा एमालेका हरिप्रसाद घिमिरे बिजयी हुनुभयो । 

लेखा समिति संयोजकमा चिमरिया प्यानलकै अर्जुन खनाल र सदस्यहरुमा रुद्रप्रसाद रिजाल, रितादेवी रिजाल न्यौपाने बिजयी हुनुभयो । 

चुनावमा दुई हजार ६९५ मतदाता थिए । तर एक हजार ७८१ मत खसेको थियो ।