झापा, १५ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)ले आफ्ना ३८ जना कर्मचारीलाई आज एक समारोहबीच पुरस्कार र पदकले सम्मान सम्मानित छ ।
विर्तामोडमा आयोजित एनएमसीको माइन्यूट प्रमाणित तथा वार्षिक साधारण सभाको अवसर पारेर कर्मचारीहरु सम्मानित भएका हुन् । आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ मा उत्कृष्ट सेवा गरे वापत उहाँहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
आव २०७९/०८० मा पुरस्कृत हुनेहरु
आव २०७९÷०८० मा वर्ष सर्वोत्कृष्ट कर्मचारी र डेरी व्यवसायतर्फको उत्कृष्ट कर्मचारी गरी दुई वटा पुरस्कार एनएमसी डेरी उद्योगका नवराज अधिकारीले पाउनु भएको छ ।
सोही वर्षका लागि व्यवसायगत वर्ष उत्कृष्ट कर्मचारीमा डेरी उद्योगका अधिकारीसहित सहकारी पसलकी अनुपमा आचार्य र बचत तथा ऋण व्यवसायतर्फ सुनिता दाहाल पुरस्कृत हुनु भएको छ ।
सर्वोत्कृष्ट व्यावसायिक इकाई प्रमुखतर्फ रीता श्रेष्ठ र सुवास खतिवडा पुरस्कृत हुनुभएको छ भने सर्वोत्कृष्ट सहजकर्तातर्फ देविका दंगाल पुरस्कृत हुनुभएको छ ।
आव २०८०/०८१ मा पुरस्कृत हुनेहरु
आव २०८०/०८१ मा वर्ष सर्वोत्कृष्ट कर्मचारीको रुपमा कर्पोरेट कार्यालयका अधिकृत रमेश हरिजन पुरस्कृत हुनु भएको छ ।
व्यावसायगत सर्वोत्कृष्ट कर्मचारीमा डेरी उद्योगका मेघनाथ न्यौपाने, डेरी व्यवसायका सोनम शेर्पा र बचत तथा ऋण व्यवसायकी नविना चापागाई पुरस्कृत हुनुभएको छ ।
सर्वोत्कृष्ट व्यावसायिक इकाई प्रमुखतर्फ सहकारी पसलकी बसन ठकुरी र बचत तथा ऋण व्यवसायकी कुष्पना खरेल पुरस्कृत हुनुभएको छ । सर्वोत्कृष्ट सहजकर्तातर्फ रीता भट्टराई पुरस्कृत हुनुभएको छ ।
सबै पुरस्कारको राशी नगद रु. १५ हजार रहेको छ ।
संस्थाले २५ वर्षे सेवा अवधि पूरा गर्नु भएको सुरुंगाका गंगाराम तिम्सिनालाई १० ग्राम सुनको दीर्घ सेवा पदकले सम्मानित गरेको छ भने दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई ५० ग्राम चाँदीको पदकले सोही सम्मान गरिएको छ ।
दीर्घ सेवा पदक पाउनेहरु
एनएमसीले दश वर्ष सेवा अवधि पूरा गरेका २३ जना विभिन्न पदका कर्मचारीलाई चाँदीको पदकले सम्मानित गरेको छ ।
उक्त पदक पाउनेहरुमा टीकामाया ढकाल, हिमा प्रधान, सीतादेवी भुक्तेल, रुद्रप्रसाद ढकाल, शान्ति थापा, कृष्णकुमारी नेपाली, शेखर पौडेल, रोहितकुमार गणेश र होमनाथ मैचाली रहेका छन् ।
यसैगरी सोही सोही पदक पाउनेहरुमा ममता मल्लिक, रुवा राजबंशी, वेणुप्रसाद अधिकारी, यशोदा गिरी, सोमी हेमरम, राधा डाँगी, मनकुमारी अधिकारी, लोकप्रसाद चापागाई, जानुका नेपाल सापकोटा, झलनाथ भट्टराई, गीताञ्जलि पौडेल, सुशिला शिवाकोटी, संगीता तामाङ र कृष्पना खरेल रहनु भएको छ ।