झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ ।
उहाँलाई चन्द्रगढी एयरपोर्टमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष धनश्याम खतिवडा, नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण हुमागाईंलगायतले स्वागत गर्नुभएको छ ।
उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औं शाखाको रुपमा स्थापना गरिएको मानव सेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक विजनेस कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिनुभयो ।
प्रम ओलीको दुई दिन गृह जिल्लामा कार्यक्रम रहेको उहाँको भनाई छ । प्रजिअ बाँस्तोलाका अनुसार बिजनेस कम्प्लेक्स उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादव समेत आउनुभएको छ ।