झापा, २२ पुस । पूर्वी तराईमा आदिबासी समुदायको परम्परागत परिकार भाक्काले अब अन्तर्राष्ट्रिय रुपमा चर्चा पाउन थालेको छ ।
प्रवासमा रहेका नेपाली युवाहरुको पहलमा पुस २९ गते संयुक्त अरब इमिरेट्सको मुख्य सहर दुबईमा भाक्का दिवस मनाइने भएको छ ।
दिवस अवसरमा विशेष सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजक पक्षले जनाएको छ ।
पानीजहाज अड्डा अल शीप दुबईमा हुने उक्त कार्यक्रमको आयोजना कोच राजबंशी समाज दुबईका भरत राजबंशीले जानकारी दिनुभयो ।