धुलाबारी, २२ पुस । मेची उद्योग बाणिज्य संघको आयोजना र ओमसाई पाथिभरा हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा सम्पन्न एकदिने निःशुल्क स्वास्थ्य शिविरमा ४७८ जनाले सेवा लिएका छन् ।
आज मेचीनगर–१० स्थित राधास्वामी सत्संग भवनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३ बर्षकी बालिकादेखि ९३ बर्षका ज्येष्ठ नागरिकले समेत सेवा लिएका थिए । शिविरमा भिडियो एक्सरे, ईसीजी, ल्याब टेष्ट, औषधि, चश्मा लगायतका सामग्री वितरणगरिएको थियो ।
शिविरमा ११४ जनाको भिडियो एक्सरे, १३७ जनालाई निःशुल्क चश्मा र ३४९ जनालाई औषधि वितरण गरिएको मेची उद्योग बाणिज्य संघका महासचिव एवम् कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिए ।
शिविरमा ओमसाई पाथिभरा हस्पिटलका डाक्टर डालिम काफ्लेको नेतृत्वमा २३ जनाको टिमले विभिन्न रोगका विरामीहरुलाई उपचार सेवा प्रदान गरेका थिए ।
हस्पिटलका डाक्टरहरु काफ्ले, शशीकपुर सिंह, सुमन सिंह, प्रविण तिम्सिना, कुन्दनकुमार यादव, नेत्र रोग विभागका प्राविधिक पुरुषोतमकुमार झा, सर्जना शाह, गीनाकुमारी यादव, डेन्टल हाइजेनिक अनुपा गुरुङ, सीएमए मनमाया शिवाकोटी, एएनएम कल्पना भूजेल, बजार व्यवस्थापक लालबहादुर राजबंशी, सहायक बजार व्यवस्थापक आकाश वस्नेत, सुपरभाइजर नेत्ररोग विभागका आशिष कोइराला, ओपिडी सहायकहरु रुविना खडिया, खेमाकुमारी यादव, शवनम थापा, अंकिता खड्का, ल्याव विभागका सहायक मञ्जु महतो, फामेर्सीका लक्ष्मण गौतम, उमेश भट्टराई लगायतले उपचार सेवा दिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।
शिविरमा हाडजोर्नी, स्त्री रोग, आँखा, दन्तसेवा, बाल रोग, नाक, कान तथा घाँटी रोग, युरोलोजी, जनरल फिजिसियन लगायतका सेवा उपलब्ध भएको थियो । मेचीनगरका १५ वटै वडा, बुद्धशान्ति गाउँपालिका र इलाम क्षेत्रका नागरिकहरुले समेत शिविरमा सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, पूर्व अध्यक्ष ऋषिराज तिम्सिना, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री (किशोर), महिला उपाध्यक्ष निर्मला भण्डारी चौहान, उद्योग उपाध्यक्ष भूमिराज पौडेल, सदस्यहरु सन्तोष खवास, राजेश बंशल, शयाम न्यौपाने, दिपेन्द्र पाण्डे, तिलक विक, मानकुमार कटुवाल, देविमाया तामाङ, भीम विष्ट लगायत खटिएका थिए ।
त्यस्तै ओमसाई पाथिभरा हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेल (साईराम), प्रशासन प्रमुख दिप पोखरेल लगायतले पनि शिविरमा सहजीकरण गरेका थिए ।