९ माघ २०८१, बुधवार

माओबादी केन्द्रलाई हल्दिबारीमा धक्का

३ माघ २०८१, बिहिवार
Image

झापा, ३ माघ । आक्रामक संगठन विस्तारमा लागिरहेको नेकपा माओबादी केन्द्रलाई हल्दिबारीमा धक्का लागेको छ ।

पार्टीकी गाउँपालिका संयोजक टीका पौडेल राउत राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नु भएपछि माओबादी केन्द्रलाई धक्का लागेको हो ।

वि.सं. २०७९ को स्थानीय चुनावमा राउत माओबादी केन्द्रबाट पालिका उपाध्यक्षको उम्मेद्वार हुनुहुन्थ्यो ।

लोकप्रिय व्यक्तित्व मानिनु भएकी राउतको आगमनले हल्दिबारी राप्रपामा उत्साहको सञ्चार भएको राप्रपा कार्यकर्ताहरु बताउँछन् ।

राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै राउतलाई राप्रपामा प्रवेश गराउन हल्दिबारी आउनु भएको थियो ।

बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका झापा अध्यक्ष केशव ओझा लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समय झापामा माओबादीले संगठन विस्तार र सुदृढीकरण अभियानलाई तीब्र बनाएको दावी गर्दै आएको छ । विर्तामोड र गौरीगञ्जमा अन्य दलका नेता तथा कार्यकर्ताहरु माओबादी केन्द्रमा प्रवेश गरेको बताइएको थियो ।

तर, हल्दिबारीमा माओबादी केन्द्रले आफ्नै नेतृत्वलाई टिकाउन सकेन ।