१० फागुन २०८१, शनिवार

क्यान्सर उपचारमा नयाँ प्रविधि भित्राएको नोवेलको दावी

९ माघ २०८१, बुधवार
Image

विराटनगर, ९ माघ । नोवेल मेडिकल शिक्षण कलेजले क्यान्सर उपचारका लागि नयाँ प्रविधि भित्राएको जनाएको छ ।

कलेजका संस्थापक डा. सुनिलकुमार शर्माले ४० सेकेन्डमै क्यान्सरको सेलमा निसाना बनाएर रेडियसन थेरापी दिने अमेरिकी प्रविधि भित्राइएको बताउनुभयो ।

उहाँले नोवेलमा रु. तीन अर्ब ४० करोडको लगानीमा अलग्गै क्यान्सर उपचार इकाई स्थापना गरेको बताउनुभयो ।

नोवेलले भित्राएको रेडियसन मेसिनमा सानोभन्दा सानो क्यान्सरको सेललाई ट्रयाक गरेर त्यसलाई नष्ट गर्ने अत्याधुनिक प्रणाली जडान भएको हुन्छ ।

अमेरिकामा निर्मित यो नयाँ प्रणाली जडित मेसिन नेपालमा पहिलोपल्ट भित्राएको नोवेलले दावी गरेको छ । नोवेलमा विपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत क्यान्सर संक्रमित विरामीको उपचार भइरहेको डा. शर्माले बताउनुभयो ।