झापा, २६ माघ । मेचीनगर नगरपालिकाको प्रवक्तामा वडाध्यक्ष दिपक बराल चयन हुनु भएको छ ।
नगरपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले वडा नं. २ का वडाध्यक्ष बराललाई प्रवक्ता तोकेको हो ।
नगरप्रमुख गोपाल बुढाथोकी नेतृत्वको नगर जनप्रतिनिधिको कार्यकाल बितेको दुई वर्षपछि मेचीनगरले प्रवक्ता पाएको हो ।
यसअघि तत्कालीन नगरप्रमुख बिमल आचार्यको नेतृत्वमा रहेको जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रवक्ता चयन नगरी व्यतित भएको थियो ।
प्रवक्ताले नगरपालिकाका निर्णय लगायत औपचारिक धारणा सार्वजनिक गर्ने अख्तियारी पाएका हुन्छन् ।
प्रवक्ता बराल मेचीनगरका कान्छा वडाध्यक्षको रुपमा परिचित हुनुहुन्छ । कार्यसम्पादनमा अब्बल नतिजा निकाल्न सफल वडाध्यक्ष बराल अध्ययनशील चेत भएको बौद्धिक युवा जनप्रतिनिधि हुनुहुन्छ ।