काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको आधिकारिक ट्रेड युनियन निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठन विजयी भएको छ ।
शुक्रबार सम्पन्न निर्वाचनमा माओवादीनिकट कर्मचारी संगठनले २०२ मत ल्याएर विजयी भएको हो । ई. सुभाष कोइरालाको नेतृत्वको सङ्गठन विजयी भएको हो ।
त्यस्तै नेपाली कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघले १९४ मत प्राप्त गर्दै दोस्रो भएको छ भने नेकपा एमाले निकट कर्मचारी संगठनले १५३ मत प्राप्त गरेको छ ।
यस चुनावमा गणेश प्रसाद भुसालले कांग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गरेका थिए भने मीन प्रसाद खनालले नेकपा एमाले निकट कर्मचारी सङ्गठनको नेतृत्व गरेका थिए ।
२२ वटा मतदान केन्द्र भएको मतदानमा ५८६ मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।