काठमाडौं महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।