२७ फागुन २०८१, मङ्गलवार

‘भद्रपुर ब्लेजर्स’ बन्यो ‘भद्रपुर झापा गोल्डकप’को च्याम्पियन

१६ फागुन २०८१, शुक्रवार
Image

झापा, १६ फागुन । आयोजक भद्रपुर ब्लेजर्स आज समापन भएको भद्रपुर झापा गोल्ड कप फुटबल प्रतियोगिताको बिजेता बनेको छ ।

आज मेची रंगशालामा भएको फाइनल खेलमा झापा ११ लाई २–० को गोलअन्तरले पराजित गर्दै भद्रपुर ब्लेजर्सले शानदार जित निकालेको हो । 

भद्रपुरलाई जिताउन खेलको ३० औं मिनेटमा आशिष चापागाई र ९७ औं मिनेटमा सत्यम शर्माले गोल गरेका थिए ।

जितसँगै भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिताबाट प्रतिष्पर्धाको मैदानमा उत्रिएको भद्रपुर ब्लेजर्स पहिलोपटक नै च्याम्पियन हुन सफल भएको छ ।

बिजेता बनेर भद्रपुर ब्लेजर्सले रु. १३ लाख र उपबिजेता झापा ११ टिमले रु. ७ लाख नगद पुरस्कार पाएका छन् ।

समापन अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथि हुनुहुन्थ्यो ।