झापा, १५ चैत । गणतन्त्रको पक्षधर समाजबादी मोर्चाले राजाबादीहरुलाई काउन्टर दिदै काठमाडौंमा विशाल जुलुस निकालेका छन् ।
विहान ११ बजेदेखि नै मोर्चाको जुलुस विभिन्न स्थानबाट सुरु भएर भृकुटी मण्डपतर्फ बढिरहेका छन् । मोर्चाले भृकुटी मण्डपमा सभाको आयोजना गर्दैछ ।
मोर्चाको जुलुमा राता झण्डाहरुको बाहुल्य देखिन्छ । गणतन्त्रको पक्षमा नारा घन्काउँदै अघि बढिरहेको जुलुसमा नेताहरुले अगुवाई गरेका छन् ।
जुलुसमा सहभागीहरु उल्लेख्य देखिन्छ । राजबादीहरुले पनि आजै तीनकुनेमा सभा गर्ने भएको दुबै खेमाका प्रदर्शनकारीबीच झडप नहोस् भनेर सुरक्षाको कडा बन्दोबस्त गरिएको गृह मन्त्रालयले जनाएको छ ।