काठमाडौ अपडेट
काठमाडौ अपडेट
झापा, १५ चैत । तीनकुनेमा सभा सुरु नहुँदै राजावादीहरूको प्रदर्शन बिथोलिएको छ ।
केहीबेर अघि तीनकुने क्षेत्रमा राजबादी प्रदर्शनकारीसँग प्रहरीको झडप भएपछि अश्रुग्यासको गोली चलेको थियो ।
तनाव बढेपछि मञ्चमा बसेका राजाबादी नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।
अश्रुग्याससमेत प्रहार भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ ।
सभाका लागि विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा आइरहेका थिए । प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।
कार्यक्रम बिथोलिएपछि उनीहरुले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी सुरु गरेका छन् । माइकमा बोल्नेहरुले सरकारले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको आरोप लगाइरहेको सुनिन्छ ।
राजाबादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईको पछुवा गाडीले प्रहरीको घेरा तोडेर अघि बढेपछि प्रहरीसँग झडप सुरु भएको थियो । त्यसपछि आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुडा थालेका थिए । प्रदर्शनकारी बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले रोकेको छ ।