झापा, १५ चैत । तीनकुनेमा भएको राजाबादी प्रदर्शन अराजक भएको छ ।
प्रदर्शनकारीहरुले आज दिउँसो विभिन्न निजी घरमा तोडफोड गर्नुका साथै एक भवनमा आगो लगाएका छन् ।
घर र पसलभित्रका सामान सडकमा ल्याएर आगजनी समेत गरेका उनीहरु प्रहरीमाथि जाइलाग्न थालेका छन् ।
प्रहरीसँगको झडपबाट आक्रोशित प्रदर्शनकारीहरुले निजी भवनमाथि आगजनी गरेर रीस पोखेका हुन् ।
आगो निभाउन गएको दमकललाई समेत प्रदर्शनकारीले अवरोध गरेका छन् ।
काठमाडौंमा राजाबादी र समाजबादी मोर्चाको एकै दिन जुलुस निस्कने भएपछि सरकारले प्रदर्शनलाई व्यवस्थित गर्न रुट निश्चित गर्नुका साथै सभा गर्ने स्थान तोकिदिएको थियो ।
राजाबादीहरुको नेतृत्व गरेका दुर्गा प्रसाईको गाडीले प्रहरीको घेरा तोडेपछि झडप सुरु भएको थियो । जसका कारण प्रहरीले अश्रुग्यास हान्न थालेपछि राजाबादीहरुको सभा नै बिथोलिएको थियो ।