१८ चैत २०८१, मङ्गलवार

भृकुटी मण्डप सभा

पूर्वराजालाई प्रचण्डको चेतावनी–‘अर्को गल्ती गरे, बाँकी केही पनि रहँदैन’

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती गरे ‘भोग्न बाँकी केही पनि नरहने’ चेतावनी दिनु भएको छ ।

भृकुटी मण्डपमा जारी समाजबादी मोर्चाको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘त्यो गल्तीको परिणाम भोगिरहेकै छन् । अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन । खबरदार ।’

नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न उहाँले पूर्वराजालाई आग्रह गर्नु भएको छ ।