झापा, १५ चैत । काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजबादीहरुले अराजकता मच्चाएको भन्दै तीनकुने, कोटेश्वर र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
ती क्षेत्रमा राजाबादीहरुले आज दिउँसोदेखि प्रदर्शन गरिररहेका छन् । प्रदर्शन अराजक बनेपछि निजी घरमा आगजनी, प्रहरीको बन्दुक खोस्ने हर्कत, पार्टी कार्यालयमा आगजनी लगायतका गतिविधि भइरहेको छ ।