झापा, १५ चैत । राजाबादी जनाआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले आन्दोलनमा सरकारी घुसपैठ भएको दावी गर्नु भएको छ ।
उहाँले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै तीनकुनेमा भएको अप्रिय घटनामा सरकारी तत्वहरुले घुसपैठ गरेको बताउनु भएको हो ।
आफूहरुको कार्यक्रम शान्तिपूर्ण आमसभा गर्ने रहेको जनाउँदै राजावादीको आवरणमा सरकारले घुसपैठ गरेर अराजकता मच्चाउने तत्वहरुले अप्रिय घटना घटाएको उहाँको दावी छ ।
‘हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौं,’ प्रवक्ता नेपालको भनाई थियो–‘व्यक्तिको घरमा आगजानी र तोडफोड गर्ने तथा प्रहरीमाथि जाइलाग्ने नीति छैन ।’