१८ चैत २०८१, मङ्गलवार

‘अराजक राजाबादी’द्वारा नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । राजाबादीहरुले कोटेश्वरको आलोकनगरस्थित नेकपा एकीकृत समाजबादीको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

तीनकुनेमा सभा बिथोलिएपछि उग्र बनेका राजाबादीहरुले व्यक्तिका निजी घरमा तोडफोडसँगै राजनीतिक दलका कार्यालयलाई निशाना बनाएका हुन् ।

एकीकृत समाजबादीको कार्यालयमा पुगेका आन्दोलनकारीले आगजनी गरेका थिए । यसैगरी उनीहरुले कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण पोस्टको कार्यालयमा ढुंगा हानेर आंशिक क्षति पुर्याएका छन् ।

कोटेश्वरस्थित नेकपा माओबादी केन्द्रको केन्द्रीय कार्यालयमा समेत राजाबादीहरुले घुस्ने प्रयास गरेको बताइएको छ ।