२४ चैत २०८१, सोमवार

राप्रपाले चैत २६ गते काठमाडौंमा आमसभा गर्दै

२३ चैत २०८१, आइतवार
Image

झापा, २४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत २६ गते काठमाडौंको भृकुटी मण्डपमा वृहत आमसभा गर्ने भएको छ ।

सभालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।

‘अवस्था बदल्न व्यवस्था बदलौं’ नारा तय गर्दै राप्रपाले राज्य आतंक, भ्रष्टाचार र कुशासनका विरुद्ध आमसभा गर्न लागिएको जनाएको छ ।

राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा चैत १५ गतेदेखि प्रहरीको हिरासतमा रहेका छन् । तीनकुनेमा उक्त दिन भएको राजाबादी प्रदर्शनमा तोडफोड र आगजनीका लागि उक्साएको भन्ने अभियोग लगाएर प्रहरीले उहाँहरुमाथि अनुसन्धान गरिरहेको छ ।

राप्रपाको आमसभालाई जगमान गुरुङ नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनाआन्दोलन समितिले समर्थन जनाएको छ ।