२० जेठ २०८२, सोमवार

कोशीका झापासहित चौधै जिल्लाका कराते महासंघ खारेज

१४ जेठ २०८२, मङ्गलवार
Image

झापा, १३ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डले झापा लगायत प्रदेशका १४ वटै जिल्लामा रहेको नेपाल कराते महासंघ नेपालको शाखा खारेज गरिदिएको छ ।

बोर्डले महासंघ जिल्लामा गठन गर्नु विधान विपरीत भएको ठहर गरेको छ । संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्ता हुनसक्ने वैधानिक व्यवस्था बारे अवगत गराउँदै बोर्डले सबै जिल्लाका खेलकुद विकास समितिलाई सोमवार पत्राचार समेत गरेको छ ।

उक्त पत्रमा बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले हस्ताक्षर गर्नु भएको छ ।

झापामा खारेजीमा परेको महासंघको शाखा अध्यक्ष जगन कार्की हुनुहुन्थ्यो । महासंघ खारेज भए तापनि अरु पाँच वटा संघ भने झापामा क्रियाशील र विधान बमोजिम समितिमा दर्ता छन् ।