२१ असार २०८२, शनिवार

शर्माको ‘ऐना’को दोस्रो संस्करण आज रातिदेखि प्रशारण हुँदै

२० असार २०८२, शुक्रवार
Image

झापा, २० असार । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ का सांसद् विश्वप्रकाश शर्माको प्रस्तुति रहेको फरक धारको टेलिभिजन कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आज रातिदेखि प्रशारण हुने भएको छ ।

राति ९ बजे कान्तिपुर टेलिभिजनमा कार्यक्रमको प्रशारण सुरु हुने र प्रशारण लगत्तै ओएसआर रियालिटी युट्युब च्यानलमा हेर्न सकिने बताइएको छ ।

होराइजन मिडियाद्वारा निर्मित कार्यक्रम ‘ऐना’को दोस्रो संस्करणमा समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ, कहाँ चुकेको छ र के कस्ता प्रगति भएका छन् भन्ने विषयमा प्रस्तुति केन्द्रित हुने छ ।

यसअघिको पहिलो संस्करणमा बालश्रम, जातीय विभेद्, घरेलु हिंसा, एसिड आक्रमण लगायत नेपाली समाजले भोगिरहेको पीडालाई शर्माले बहसमा ल्याउनु भएको थियो । 

पहिलोभन्दा दोस्रो संस्करणमा शर्माको गेटअप फरक देखिनेछ । उहाँले कार्यक्रमकै लागि भनेर बाक्लो जुँघा समेत पाल्नु भएको बताइएको छ ।