२२ असार २०८२, आइतवार

तक्षशीलालाई दुई विधामा अन्तर्राष्ट्रिय पुरस्कार

२२ असार २०८२, आइतवार
Image

झापा, २२ असार । विर्तामोडको तक्षशीला प्रोगेसिभ अंग्रेजी स्कुलले थाइल्यान्डको राजधानी बैंककमा हालै आयोजित विश्व स्कुल शिखर सम्मेलन २०२५ (वल्र्ड स्कुल समिट)मा दुई वटा अन्तर्राष्ट्रिय उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

शैक्षिक उत्कृष्टता, वालमैत्री र सक्षम नेतृत्वमार्फत रुपान्तरणकारी शिक्षामा पुर्याएको योगदानका लागि तक्षशीलाले गत शुक्रवार ती पुरस्कार प्राप्त गरेको हो  ।

समग्र शिक्षामा उत्कृष्ट विद्यालय र मन्टेश्वरी शिक्षामा उत्कृष्ट विद्यालय विधामा तक्षशीलालाई पुरस्कृत गरिएको थियो ।

ती पुरस्कारहरु स्कुलकी कार्यकारी निर्देशक डा. अञ्जलि प्रसाई र प्रबन्ध निर्देशक डा. निराजन प्रसाईलाई नेतृत्वकर्ताको रुपमा प्रदान गरिएको थियो । स्कुलका शैक्षिक निर्देशक भिक्टर इग्रेसियस जोसेफ र मन्टेश्वरी निर्देशक सीमा जोसेफले बैंककमा पुरस्कार ग्रहण गर्नु भएको थियो ।