१ भदौ २०८२, आइतवार

फोटो फिचर

छितेनको नजरमा ‘किरात पार्क’

३२ साउन २०८२, शनिवार
Image

झापा, ३१ साउन । इलामको प्रकृति नै मनमोहक छ । झापातिर उधुम गर्मी हुँदा उभो कन्याम, श्रीअन्तु र हर्कटेतिर मनै शितल बनाउने ठण्डी मौसम भेटिन्छ । 

रोङ गाउँपालिकाको वडा नं. ५ चिसापानीमा त्यस्तै चिसो र मनमोहक नयाँ पर्यटकीय गन्तब्य निर्माण भएको छ– किरात पार्क ।

शान्तिनगरबाट पाँच किलोमिटर दूरीमा रहेको किरात पार्कमा प्रथम किराती राजा यलम्बरको भब्य मूर्तिसहितको पर्यटकीय पूर्वाधारहरु रोङ गाउँपालिकाले निर्माण गरिदिएको हो ।

शान्त, सुन्दर र हरियाली गाउँमा रहेको किरात पार्क जाने पर्यटकका लागि घरबास (होमस्टे) सुविधा समेत उपलब्ध रहेको छ ।

प्रसिद्ध चित्रकार छितेन शेर्पा हालै उक्त स्थानमा पुग्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा त्यहाँ खिचेका केही तस्वीरहरु पोस्ट गर्नु भएको छ । संरक्षणका लागि केही मननीय सुझावहरु पनि राख्नुभएको छ ।

‘यो निकै राम्रो प्लान गरेर बनाउन खोजिएको रहेछ,’ उहाँले लेख्नु भएको छ–‘चर्चामा आउँदै गरेको यो ठाउँ, सुरुदेखि नै सोचिएन भने फोहोरको थुप्रोमा बदलिन बेर छैन ।’

क्रंक्रिटको साटो ढुंगामाटोले नै संरचनाहरु बनाउन र किरातहरुको दस्तावेज एवम् पुस्तकहरु पढ्न सकिने एउटा मिनी संग्रहालय बनाउन उहाँले सुझाव दिनु भएको छ ।

बाटो रैथाने शैलीको हुनुपर्ने र यसबाट केही सास्ती भए तापनि प्रदूषण भित्रिनबाट रोकिने उहाँको अर्को सुझाव छ । फोहोर जसले ल्याउँछ, उसैले फर्काएर लैजाने नियम लगाउन सके फोहोरबाट यो रमणीय पार्कलाई जोगाउन सकिने उहाँले सुझाउनु भएको छ ।

उहाँले खिच्नु भएका मनमोहक तस्वीरका ‘फाइभ पिस’ प्रस्तुत छ–


सबै तस्वीर : छितेन शेर्पा 

(छितेन शेर्पा देही आर्टका संस्थापक एवम् नेपालका प्रसिद्ध चित्रकार हुनुहुन्छ ।)