झापा, २० भदौ । इस्लाम धर्मका प्रवत्र्तक पैगम्बर हजरत मोहम्मदको जन्मोत्सवको अवसरमा आज जिल्लाका पाँच पालिकाले स्थानीय विदा दिएका छन् ।
पैगम्बर हजरतको आज १५०० औं जन्मोत्सव हो । मुस्मिल समुदायको बसोबास रहेका मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी, गौरीगञ्ज गाउँपालिका र झापा गाउँपालिकाले विदा दिएको नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य अमिन अलीले जानकारी दिनुभयो ।
आज विहानदेखि नै मुस्लिम समुदाय स्थानीय क्षेत्रका मस्जिदहरुमा भेला भएर पैगम्बर हजरतको जन्मोत्सव लेखिएको व्यानर र प्ले कार्डसहित बजार परिक्रमा गरेर उत्सवलाई धुमधामसँग मनाइरहेका छन् ।