झापा, २० भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत महाधिवेशन उदघाटन गर्नुभएको छ ।
विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ । महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछ।
पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै कम्तीमा एकल बहुमत ल्याउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिनुभयो।