मेचीनगर, २१ भदौ । भारतमा रहेकी छोरीको घरमा जाने क्रममा मेची नदीले बगाएर एक जना बृद्धको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा कचनकवल गाउँपालिका–६ का ६२ बर्षीय सोनुलाल मुर्म रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतमा रहेकी छोरीको घर जाने क्रममा मेची नदी तर्दा मुर्मलाई खोलाले बगाएको थियो ।
भद्रपुर नगरपालिका–३ भैसाबारीस्थित स्थानीयले खोलाले बगाउँदै गरेको मानिस देखेर बाहिर निकाल्दा उहाँको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।