२४ भदौ २०८२, मङ्गलवार

महामन्त्री विश्वप्रकाश र मेयर बुढाथोकीको घरमा आगजनी

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ का सांसद् विश्वप्रकाश शर्मा र मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको धुलाबारीस्थित निजी निवासमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

आज दिउँसो आन्दोलनकारी घरभित्रै पसेका थिए । उनीहरुले घरको माथ्लो तलासम्म चढेर सरसामान आँगनमा झारेर आगो लगाएका छन् ।

यसैबीच, नगरप्रमुख बुढाथोकीको निवासमा पनि आगजनी भएको छ । उहाँको घरको छानोबाट धुँवाको मुस्लो उडिरहेको छ । बाहिर आन्दोलनकारीको भीड छ ।