झापा, २१ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले गौरादह–३ स्थित सूर्योदय माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
मुख्यमन्त्री कार्कीले उक्त मतदान केन्द्रमा पुगेर आज विहान ७ः१५ बजे मतदान गर्नुभएको हो । यस निर्वाचन क्षेत्रमा एक लाख ६३ हजार ३७६ जना मतदाता रहेका छन् भने ६१ वटा मतदान स्थल र १८५ वटा मतदान केन्द्र छन् ।
मतदान पछि उहाँले आम नेपाली मतदाताहरुलाईलाई निर्भयतापूर्वक आफ्नो अमूल्य मत आफूले इच्छाएको व्यक्तिलाई दिन आग्रह गर्नुभयो ।
झापाको क्षेत्र नम्बर ५ मा नेपाली सेनाले हवाई गस्ती समेत गरिरहेको छ । जिल्लामा हालसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।