२१ फागुन २०८२, बिहिवार

झापा : ६४ दशमलव २४ प्रतिशत मत खस्यो

२१ फागुन २०८२, बिहिवार
Image

झापा, २१ फागुन । प्रतिनिधिसभा सदस्यको आज भएको चुनावमा झापामा ६४ दशमलव २४ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालयले झापा निर्वाचन क्षेत्र नं. १ मा ६३ दशमलव ९५ प्रतिशत, क्षेत्र नं. २ मा ६५ दशमलव २५ प्रतिशत, क्षेत्र नं. ३ मा ६२ दशमलव ७९ प्रतिशत, क्षेत्र नं. ४ मा ६३ दशमलव ८५ प्रतिशत र क्षेत्र नं. ५ मा ६५ दशमलव ११ प्रतिशत मत खसेको जनाएको छ ।

झापामा सात लाख १३ हजार ५३७ मतदाता रहेकोमा चार लाख ५८ हजार ३६२ मत खसेको हो । मतपेटिका संकलनपछि हरेक निर्वाचन क्षेत्रमा दल र उम्मेद्वारका प्रतिनिधिको बैठक हुने र त्यसको निर्णयपछि मतगणना सुरु हुने जनाइएको छ ।