झापा, २२ फागुन । झापाका पाँच वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेद्वारले अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो विवरण अनुसार क्षेत्र नं. ५ मा नेकपा एमालेका केपी शर्मा ओलीको भन्दा रास्वपाका बालेन्द्र साहले पाँच हजारभन्दा बढी मत ल्याउनु भएको छ ।
यसैगरी, क्षेत्र नं. १ मा रास्वपाकै निशा डाँगी सबैभन्दा अगाडि हुनुहुन्छ । नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेद्वारलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेद्वार केवलराम राईले रास्वपाकी डाँगीलाई पछ्याइरहनु भएको छ । डाँगीले राईको तुलनामा दुई हजार मतले अग्रता लिनु भएको छ ।
क्षेत्र नं. २ मा रास्वपाकी इन्दिरा राना, क्षेत्र नं. ३ मा रास्वपाका प्रकाश पाठक र क्षेत्र नं. ४ रास्वपाका शम्भु सुस्केरा प्रतिष्पर्धी उम्मेद्वारभन्दा ठूलो मतान्तरले अगाडि हुनुहुन्छ ।
रानालाई एमालेका देवराज घिमिरेले, पाठकलाई राप्रपाका लिङ्देनले र सुस्केरालाई एमालेका एलपी साँवाले पछ्याइरहनु भएको छ ।