८ वैशाख २०८३, मङ्गलवार

भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द

८ वैशाख २०८३, मङ्गलवार
Image

झापा, ७ बैशाख । भारतले पश्चिम बंगाल प्रान्तमा हुने विधान सभाको चुनावलाई लक्षित गर्दै आज साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरेको जनाएको छ ।

भारतको दार्जीलिङ जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ बजेदेखि बैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकडभिट्टासँग सीमा जोडिएको पानीटंकी नाकाबाट मानिस तथा सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भारतको पश्चिम बंगालमा बैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । बिगतमा पनि नेपाल र भारत दुबैतर्फ चुनाव अघि सहमतिमा नाकामा आवागमन बन्द गरिने प्रचलन थियो ।

‘बोर्डर शिल’ गरिएको अवधिमा पैदल हिँड्ने सर्वसाधारण र सवारीसाधनको आवतजावत पूर्णरूपमा बन्द गरिने भए तापनि उपचारका लागि बिरामी र अति जरुरी कामका लागि परिचय देखाएर सीमामा आवतजावत गर्न दिइने जनाइएको छ ।

नेपाल र बंगलादेशका पर्यटकको हकमा आफ्नो मुलुक जानका लागि भारतीय प्रशासनले परिचय खुल्ने कागजपत्र देखाएमा आवतजावतमा सहजीकरण गरिदिने भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खड्काले बताउनुभयो ।