२१ वैशाख २०८३, सोमवार

‘साझा’ र ‘समावेशी’ प्यानलबाट को–को छन् चुनावी मैदानमा

२१ वैशाख २०८३, सोमवार
Image

धुलाबारी, २१ वैशाख । मेची उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । 

निर्वाचन कार्यतालिका अनुसार आइतबार १६ पदका लागि दुई प्यानलबाट कूल ३२ जनाले उत्साहजनक रूपमा उम्मेदवारी दर्ता गराए । यसपटक प्यानल बाहिरबाट स्वतन्त्र उम्मेदवारी परेको छैन ।

निर्वाचनमा वर्तमान अध्यक्ष खेमराज प्रसाईले ‘साझा प्यानल’को नेतृत्व गर्नुभएको छ भने वर्तमान वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल)ले ‘समावेशी प्यानल’ मार्फत आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

चुनावी मैदानमा उत्रिएका दुवै प्यानललाई विभिन्न राजनीतिक दलहरूको साथ रहेको छ । ‘साझा प्यानल’लाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपा लगायतका दलहरूको समर्थन रहेको बुझिएको छ । 

अर्कोतर्फ, ‘समावेशी प्यानल’लाई नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेकपा लगायतका दलहरूले साथ दिएका छन् । रोचक कुरा त के छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूलाई समर्थन गरेको दाबी दुवै प्यानलले गरिरहेका छन् ।

प्यानलगत उम्मेदवारी दर्तासँगै धुलाबारी क्षेत्रको व्यावसायिक माहोल तातिएको छ । दुवै प्यानल अहिले आफ्ना एजेन्डासहित मतदाता रिझाउन घरदैलो र प्रचारप्रसारमा व्यस्त देखिएका छन् । तर, केही उम्मेद्वार व्यक्तिगत रुपमा पनि भोट माग्न हिँडिरहेको पाइएको छ ।

‘साझा प्यानल’का उम्मेद्वारहरु ः
अध्यक्ष ः खेमराज प्रसाई
वरिष्ठ उपाध्यक्ष ः आनन्द खड्का
उद्योग उपाध्यक्ष ः भीमबहादुर कुँवर
बाणिज्य उपाध्यक्ष ः नरबहादुर (तिलक) थापा
महिला उपाध्यक्ष ः उषा नेपाली श्रेष्ठ 
महासचिव ः दिनेश शाक्य 
महिला सदस्य ः मीरा काकर्की र रमा आचार्य (राधा)
पुरूष सदस्य ः दिनेश पोखरेल, मानबहादुर कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, विजय गुप्ता, खिरोज बराल (फिरोज) र चन्द्रबहादुर घोर्साई

‘समावेशी प्यानल’का उम्मेद्वारहरु ः
अध्यक्ष ः किशोर क्षेत्री (कपिल)
वरिष्ठ उपाध्यक्ष ः भूमि पौडेल
उद्योग उपाध्यक्ष ः हरिप्रसाद कोइराला
बाणिज्य उपाध्यक्ष ः सन्तोष खवास
महिला उपाध्यक्ष ः सुन्दरीकुमारी श्रेष्ठ
महासचिव ः धु्रव कनाल
महिला सदस्य ः कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङ
पुरुष सदस्य ः जयकुमार सराफ (सुनार), विनोदकुमार बानियाँ, अर्जुन तिवारी, गोपीकृष्ण गौतम, प्रबुल केसी क्षेत्री, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशल