२६ वैशाख २०८३, शनिवार

मेची उवासंघमा मतदान जारी, मतगणना भोलि

२६ वैशाख २०८३, शनिवार
Image

धुलाबारी, २६ बैशाख । मेची उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ ।

विहान ८ बजे सुरु भएको मतदान अपराह्न ५ बजेसम्म चल्नेछ । मतगणना भने आइतवार विहान मात्रै सुरु गरिने प्रमुख निर्वाचन अधिकृत पदम डाँगीले बताउनुभयो ।

पासाङ ल्हामू स्मृति जेसिज प्रतिष्ठानको हलमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको उहाँले बताउनुभयो ।

मतदान गर्न जाँदा मोवाइल लैजान निषेध गरिएको छ । मतदाताले संघले जारी गरेको परिचय पत्र वा नेपाल सरकारले जारी गरेको कुनै पनि परिचयपत्र अनिवार्य देखाउनु पर्ने नियम राखिएको छ ।

निर्वाचनमा २०७४ जना मतदाता रहेका छन् । चुनावमा उम्मेद्वारको दुई प्यानल छन् । १६ पदका लागि दुई प्यानलबाट कूल ३२ जना उम्मेद्वार छन् ।

वर्तमान अध्यक्ष खेमराज प्रसाईले ‘साझा प्यानल’को नेतृत्व गर्नुभएको छ भने वर्तमान वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल)ले ‘समावेशी प्यानल’को नेतृत्व गर्नु भएको छ ।

‘साझा प्यानल’का उम्मेद्वारहरु ः

अध्यक्ष ः खेमराज प्रसाई

वरिष्ठ उपाध्यक्ष ः आनन्द खड्का

उद्योग उपाध्यक्ष ः भीमबहादुर कुँवर

बाणिज्य उपाध्यक्ष ः नरबहादुर (तिलक) थापा

महिला उपाध्यक्ष ः उषा नेपाली श्रेष्ठ 

महासचिव ः दिनेश शाक्य 

महिला सदस्य ः मीरा काकर्की र रमा आचार्य (राधा)

पुरूष सदस्य ः दिनेश पोखरेल, मानबहादुर कटुवाल, सुरज चौधरी, सचिन निरौला, ललित अग्रवाल, विजय गुप्ता, खिरोज बराल (फिरोज) र चन्द्रबहादुर घोर्साई

‘समावेशी प्यानल’का उम्मेद्वारहरु ः

अध्यक्ष ः किशोर क्षेत्री (कपिल)

वरिष्ठ उपाध्यक्ष ः भूमि पौडेल

उद्योग उपाध्यक्ष ः हरिप्रसाद कोइराला

बाणिज्य उपाध्यक्ष ः सन्तोष खवास

महिला उपाध्यक्ष ः सुन्दरीकुमारी श्रेष्ठ

महासचिव ः धु्रव कनाल

महिला सदस्य ः कृष्णकुमारी प्रसाईं (कल्पना) र चम्पा नेम्बाङ

पुरुष सदस्य ः जयकुमार सराफ (सुनार), विनोदकुमार बानियाँ, अर्जुन तिवारी, गोपीकृष्ण गौतम, प्रबुल केसी क्षेत्री, आशिष संग्रौला, तारा श्रेष्ठ र राजेशकुमार बंशल