३० असार २०८३, मङ्गलवार

कोशीको सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिस्टारमा भट्टराई

३० असार २०८३, मङ्गलवार
Image

झापा, ३० असार । कोशी प्रदेश सरकारले बहुप्रतिक्षीत कोशी प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेको छ ।

प्रतिष्ठानको अध्यक्षमा मोरङका दीपक दाहाल र प्रेस रजिस्टारमा सुनसरीका लिलाराज भट्टराईलाई  नियुक्त गरेको हो ।

कोशी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले कोशी प्रदेश आमसञ्चार ऐन २०८२ को दफा ४ बमोजिम प्रतिष्ठानको पदाधिकारी तथा सदस्यहरूको नियुक्ति गरेको हो ।

प्रतिष्ठानको सदस्यमा झापाका अर्जुन राजवंशी र विष्णु पोखरेल, मोरङकी शान्ति दाहाल, सुनसरीका ध्रुव ढकाल, धनकुटाका रमेशचन्द्र अधिकारी, ताप्लेजुङकी माला पालुङ्वा र उदयपुरकी रेणु पराजुली नियुक्त हुनु भएको छ ।

प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखा प्रमुख र नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरतबहादुर खड्का पदेन सदस्य रहननु भएको छ ।

प्रदेशको मिडियाको विकास, संबर्धन र नियमन गर्ने अधिकार पाएको प्रतिष्ठान केन्द्रको प्रेस काउन्सिल र सूचना विभागको जस्तै कार्य गर्ने निकाय हो ।