७ असोज २०८३, बुधवार

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

७ असोज २०८३, बुधवार
Image

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००१:२०२२ प्रमाणीकरण प्राप्त गरेको छ।

ग्राहक सम्बन्ध व्यवस्थापन (सीआरएम), ओम्नीच्यानल सञ्चार, सामाजिक सञ्जाल व्यवस्थापन, ई–कमर्स, टिकटिङ, कल तथा अटोमेसनलगायतका सेवा प्रदान गर्दै आएको सोसयरले सूचना सुरक्षा व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली कार्यान्वयन गरेको जनाएको छ।

कम्पनीका अनुसार प्रमाणीकरणले ग्राहक तथा साझेदारका सूचना र डिजिटल सम्पत्तिको सुरक्षा, अनधिकृत पहुँच तथा सूचना चुहावटको जोखिम न्यूनीकरण र सुरक्षा घटनाको व्यवस्थापनका लागि व्यवस्थित प्रणाली स्थापित भएको प्रमाणित गर्छ।

सोसयरका प्रमुख नीरज वैद्यले यो प्रमाणपत्रमा मात्र सीमित उपलब्धि नभएको बताए। “यो हाम्रा ग्राहक र साझेदारले हामीमाथि राख्नुभएको विश्वासप्रतिको जिम्मेवारी हो। हामी सूचना सुरक्षालाई संस्थागत संस्कृति र दैनिक कार्यप्रणालीको अभिन्न अंगका रूपमा लिन्छौँ,” उनले भने।

पाँच वर्षदेखि सञ्चालनमा रहेको सोसयरले सोसयर कनेक्ट, सोसयर कमर्स र सोसयर एसएमएस मार्फत ग्राहक सेवा, सीआरएम, ई–कमर्स, एसएमएस, रिपोर्टिङ तथा व्यावसायिक कार्य व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले आईएसओ प्रमाणीकरणसँगै ग्राहकको सूचना सुरक्षा, जोखिम व्यवस्थापन, व्यावसायिक निरन्तरता तथा नियामकीय आवश्यकताप्रतिको प्रतिबद्धता थप संस्थागत भएको जनाएको छ।