मेचीनगर, १४ कात्तिक । भानु बहुमुखी सहकारी संस्थाको अध्यक्षमा शंकर श्रेष्ठ सर्वसम्मच चयन हुनु भएको छ ।
मेचीनगर–१० धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको आज सम्पन्न २५ औं निर्णय प्रमाणिकरण साधारणसभाले श्रेष्ठलाई कार्य समितिको अध्यक्षमा चयन गरेको हो । यसअघि संस्थाको अध्यक्ष गोपाल चुडाल रहनु भएको थियो ।
नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा शेखर गुरागाई, सचिवमा सुशिल आचार्य, कोषाध्यक्षमा युवराज बास्तोला र सदस्यहरुमा उमा पाण्डे, रुद्र बिष्ट, होमनाथ न्यौपाने र कर्म राजबंशी चयन हुनु भएको छ ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा तेजिन्द्र पोखरेल र सदस्यमा नविन दाहाल र लोकेन्द्र गौतम चयन हुनु भएको छ ।
साधारणसभाको प्रमुख अतिथि कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष वीपी भट्टराई हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्ष गोाल चुडाल र उद्घोषक संस्थाकी व्यवस्थापक चन्दा सिटौला हुनुहुन्थ्यो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा लेखापाल दिपक सुबेदी, सामुदायिक विद्यालयबाट चार जीपीए ल्याउने संस्थाका सदस्यका सन्तान सुमन राजबंशी, पाँच जना उत्कृष्ट बचतकर्ता, तीन जना असल ऋणी र दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।
संस्थाका तर्फबाट रु. ३६ करोडको बासलात हिसाब र रु. ५६ लाख नाफाको आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।