झापा, १६ कात्तिक । नेपाली कांग्रेस झापा (नियमित महाधिवेशन पक्ष)को जिल्ला सभापतिमा कृष्ण हुमागाई सर्वसम्मत चयन हुनु भएको छ ।
नियमित महाधिवेशन पक्षधरहरुको आइतवार विर्तामोडमा सम्पन्न १५औं झापा जिल्ला अधिबेशनबाट उहाँ सभापति चयन हुनु भएको हो ।
सभापति निर्वाचित हुमागाई नेपाल पत्रकार महासंघ झापाको पूर्व सभापति समेत हुनुहुन्छ । पत्रकारिताबाट राजनीतिमा होमिनु भएको उहाँ २०६२/६३ को लोकतान्त्रिक आन्दोलनताका जिल्लाका चर्चित आन्दोलनकारी हुनुहुन्थ्यो ।
अधिवेशनबाट उप–सभापतिमा राजकुमार न्यौपाने र कालेन्द्रप्रसाद सिंह राजवंशी, सचिवमा संजय निरौला र बिष्णुप्रसाद खरेल, सह–सचिवमा चेतन खतिवडा र नोभेम्वरबिक्रम नेम्वाङ चयन हुनु भएको छ ।
सदस्यहरुमा अपांगतातर्फ नरेन्द्रकुमार लिम्बू, खस आर्यतर्फ चेतनाथ भट्टराई र जेनजीतर्फ बन्दनाकुमारी गणेश चयन हुनु भएको छ । पन्ध्रपालिका र १३१ वडालाई समेटेर ७३ सदस्यीय जिल्ला समिति चयन गरिएको बताइएको छ ।
अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री एनपी साउदले गर्नु भएको थियो ।