२१ वैशाख २०८२, आइतवार

विद्यार्थीको क्षमता चिनेर त्यसअनुसार अगाडि वढाउनुपर्छ

१५ फागुन २०८१, बिहिवार
Image

भक्तपुर । कितावी ज्ञान मात्रै सम्पूर्ण नभएको, त्यसका अलावा विद्यार्थीको क्षमता चिनेर त्यसलाई पनि अगाडि वढाउनुपर्छ भन्ने मनसायका साथ विहीबार भक्तपुरमा एउटा साँंस्कृतिक प्रदर्शनी २०८१ सम्पन्न गरिएको छ । जिल्लास्थित एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरले कक्षा ५ देखि मुनिका विद्यार्थीको सहभागितामा प्रदर्शनी गरिएको हो । 
प्रदर्शनीमा स्कुलका चाँंर पाँंच सय विद्यार्थीले विभिन्न प्रदर्शनी गरेका थिए । बिद्यार्थीहरुले गीत, नृत्य, जिम्याष्टिक, उसु, योगा, धिमे बाजा, बाँंसुरी बाजाको प्रदर्शनीलगायतका देखाएका थिए । 
स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा भएको आआफनो प्रतिभा प्रस्फुटनका लागि खेलकुद्, नृत्य, गायन, उशु, योगा जस्ता २२ वटा क्लवहरु सञ्चालित भएको जानकारी गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले अरु स्कुलहरुले वार्षिकोत्सवको अवसरमा मात्रै यस्ता अतिरिक्त क्रियाकलाप गर्ने गरेको पाइए पनि आफूहरुले नियमित रुपमै यस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी गराए ।
 

सम्बन्धित खबर