झापा, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनले युवा नेता सन्तोष राजबंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
पार्टीको अधिवेशन आज काँकरभिट्टा खानेपानीको सभाहलमा धुमधामका साथ भएको थियो । अधिवेशनले नगरको सभापति पदमा सन्तोष राजबंशीलाई सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्ष पदमा पुरुषोत्तम काफ्ले, सचिव पदमा शिशिर पोखरेल, सहसचिव पदमा गोकुल अधिकारी र कोषाध्यक्ष पदमा काजीमान विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्य पदमा दिलबहादुर गजमेर, गोपाल बुढाथोकी, सुशिला काफ्ले, मैया उप्रेती, सधादेवी खड्का, महेन्द्र चौधरी र हस्तबहादुर खड्का सर्वसम्मत चयन हुनुभएको छ ।
पार्टीका केन्द्रीय कार्यवाहक सभापति डीपी अर्याल प्रमुख अतिथि र नगर सभापति कमल गौतम अध्यक्ष रहेको अधिवेशनमा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा. तोसिमा कार्की, सहप्रवक्ता रमेश प्रसाई, ज्वाला संग्रौला, लालबिक्रम थापा, प्रकाश पाठक, भीम कुँवर, प्रेमराज घिमिरे लगायतले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथि अर्याल लगायतले अबिर लगाएर स्वागत गर्नु भएको थियो ।
केन्द्रबाट अतिथिको रुपमा आउनु भएका नेताहरुलाई कार्यक्रमस्थलमा लैजाँदै गर्दा नौमति बाजा बजाएर हर्षबढाइ गरिएको थियो ।