२ जेठ २०८२, बिहिवार

घरले किचेर हल्दिबारीका मानबहादुरको ओछ्यानमै मृत्यु

२ जेठ २०८२, बिहिवार
Image

झापा, १ जेठ । हल्दिबारी वडा नं. ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको हावाहुरीमा आफ्नै घरले किचेर मृत्यु भएको छ ।

बुधवार राति १२ बजेतिर हल्दिबारी क्षेत्रमा ठूलो हावाहुरी आएको थियो । हावाहुरी थामिएपछि गाउँलेले मगरलाई घरको बिमले किचिएर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

मगरको काठको घर थियो । ओछ्यानमा सुतेकै स्थानमा उहाँको मृत्यु भएको थियो ।

झापामा बिगत तीन दिनयता अलग अलग स्थानमा बिनाशकारी हावाहुरी आइरहेको छ । हावाहुरीले मेचीनगरमा प्लाइउडको छाना उडाएको छ भने बाह्रदशीमा रु. ५१ लाखको केराखेती सोत्तर पारेर क्षति गरेको छ ।