४ जेठ २०८२, शनिवार

राप्रपा नेता रवीन्द्र मिश्र अदालतको आदेशमा रिहा

३ जेठ २०८२, शुक्रवार
Image

झापा, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सर्वोच्च अदालतको आदेशले रिहा हुनु भएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले हाजिर जमानीमा रिहा गर्ने आदेश दिएको हो ।

राजाबादीहरुले गत चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा भीडलाई उक्साएको आरोपमा मिश्र पक्राउ पर्नु भएको थियो ।

उहाँमाथि राज्यद्रोह लगायतका विभिन्न अभियोग प्रहरीले लगाएको थियो । मिश्रले आफु निर्दोष रहेको पटकपटक दावी गर्दै आउनु भएको थियो ।

राप्रपाले समेत मिश्रको रिहाइका लागि सरकारलाई दवाव दिदै आएको थियो ।