झापा, ३ जेठ । पूर्वपश्चिम राजमार्गलाई स्तरोन्नति गरेर एसियाली राजमार्ग (हाइवे) बनाउने क्रम जारी छ ।
आउँदो वर्ष बनिसक्नु पर्ने गरी ठेक्का सम्झौता भएको काँकरभिट्टादेखि दमकको सीतापुरीसम्मको ४५ किलोमिटर सडक यात्रुवाहक बसलाई छिचोल्न लगभग दुई घण्टा लाग्न थालिसकेको छ । जबकि, सडक राम्रो अवस्थामा हुँदा यो सडक पार एक घण्टाभन्दा कम समय लाग्थ्यो ।
अहिलेसम्म सडक निर्माणको काम २० प्रतिशत नाघेको छैन । कुनै पनि हालतमा तोकिएको अवधिमा राजमार्ग बनिसक्ने आधार देखिदैन र
सबैभन्दा जोखिमको विषय के छ भन निकट बर्खामा पुल र कल्भर्ट नबनेका कारण राजमार्गको यात्रा सकसपूर्ण मात्र होइन, यातायात नै बन्द हनुसक्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले त बर्खामा राजमार्गमै विपद् आउने चेतावनी दिइसक्नु भएको छ ।
राजमार्गमा लगभग सय वा दुईसय मिटरको दूरीमा डाइभर्सन छ । डाइभर्सनमा ठूला खाल्डा बनाइएका छन् । बर्खामा ती सबै खाडल बाढीले भरिनेछन् र बाटो बन्द हुनसक्ने जोखिम बढेको छ ।
एभ्रास्कन कालिका जेभीले यो सडकको ठेक्का लिएको छ । जेभीका प्रोपाइटर विक्रम पाण्डे राजा फर्काउने आन्दोलनमा लागेका कारण समेत राजमार्गको निर्माणमा उहाँको नजर पुग्न नसकेको अनुमान छ ।
(तस्वीर : इजलास दैनिक)