झापा, २ जेठ । मेचीनगर नगरपालिका वडा नं. १५ ज्यामिरगढीका जयराम दाहालले सगरमाथा नजिकको हिमाली चुचुरो आइसल्यान्डको आज सफलतापूर्वक आरोहण गर्नु भएको छ ।
फेसबुकमार्फत उहाँले उक्त जानकारी दिनु भएको हो । सोलुखुम्बु जिल्लाको यो हिमाल समुन्द्री सतहबाट ६१६५ मिटर उचाईमा रहेको छ ।
हिमाल आरोही दाहाल पत्रकारिता र हिमाल आरोहणमा रुचि राख्नु हुन्छ । उहाँ हाम्रो ज्यामिरगढी नाम फेसबुक पेजको सञ्चालक समेत हो । उहाँकी दिदी रीता दाहाल पनि पत्रकारिता क्षेत्रमै क्रियाशील हुनुहुन्छ ।
आरोही दाहालले नेपाल र विश्वका अन्य मुलुकका विभिन्न हिमाली चुचुरोको समेत आरोहण गरिसक्नु भएको छ । उहाँ हिमाली क्षेत्रको पदयात्राका लागि पर्यटक गाइड समेत हो ।