झापा, २७ जेठ । आज झापामा उच्च गर्मी महसुस भएको छ । झापामा आजको औसत तापक्रम ३६ डिग्री सेल्सियस रहेको र अधिकतम् तापक्रम ४० डिग्रीसम्म पुगेको छ ।
गर्मीले सर्वसाधारणको चलहपहल र नियमित कामकाजमै असर पुगेको छ । बजार, यातायात र सरकारी कार्यालयहरुमा मानिसको चहलपहल कम देखिएको छ ।
गर्मी बढेर असहज भएपछि कमल गाउँपालिकाले दुई दिन र इटहरी नगरपालिकाले एक दिन विद्यालय विदा गरेका छन् ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जेठ २८ र २९ गते विद्यालय विदा रहने सूचना सार्वजनिक गर्नुभएको छ ।
मेचीनगर–१५ स्थित ज्यामिरगढी माध्यमिक विद्यालयका एक शिक्षकले गर्मीका कारण पठनपाठन गराउन असहज भएको बताउनुभयो ।
गर्मीसँगै चिसो पेय पदार्थ, आइसक्रिम र खरबुजा लगायतका फलफूलको व्यापार भने बढेको छ ।