३ असार २०८२, मङ्गलवार

बाहुनडाँगीमा हुल बाधेर आउने हात्ती नियन्त्रणका पाँच बुँदे निर्णय

३ असार २०८२, मङ्गलवार
Image

मेचीनगर, ३ असार । बाहुनडाँगीमा दैनिक हुल बाँधेर आउने हात्ती नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापाले सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । 

आज मेचीनगर नगरपालिकामा आयोजित जनप्रतिनिधि, सुरक्षा प्रमुखलगायत सँगको छलफलले हात्तीबाट धनजनको क्षति हुन नदिनका लागि पाँच बुँदे निर्णय समेत गरेको छ ।

मानव हात्ती द्वन्द्व न्यूनीकरणमा पहल गर्ने, आवश्यक टर्च लाइट, इन्धनको डिभिजन वन कार्यालयले व्यवस्था गर्ने, अपुगमा नगरपालिकाले सहयोग गर्ने, दीर्घकालीन समस्या समाधानका लागि सोलार फेन्सिङ मर्मत, तटबन्धन र जनचेतनामूलक कार्यक्रम गर्ने, हात्ती धपाउन नेपाली सेनासँग समन्वय गर्ने लगायतको निर्णय भएको छ । 

जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छलफलमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिमदन गण चारआलीका गणपति प्राजु वस्नेत, जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन लिम्बु, सशस्त्र प्रहरी वल नेपाल २ नं.हेड क्वाटरका गाणपति तुलबहादुर भण्डारी, डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ र वडाध्यक्षहरु, मानव हात्ती द्वन्द व्यवस्थापन तथा बातावरण संरक्षक मञ्च कार्यबहाक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा छलफल गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले हात्ती नियन्त्रणका लागि अरिमदन गण चारआलीलाई सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो ।