झापा, २२ भदौ । उत्कृष्ट निजामती कर्मचारी पुरस्कारबाट बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र उत्कृष्ट पुरस्कृत हुनुभएको छ ।
उहाँ नेपाल सरकारको वरिष्ठ उपसचिव हुनुहुन्छ । आज काठमाडौंमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित एक कार्यक्रममा उहाँलाई पुरस्कृत गरिएको हो ।
पुरस्कारको नगद राशी रु. एक लाख रहेको छ । सरकारले देशभरिकै कर्मचारीबाट उत्कृट हुनेलाई निजामती दिवसमा पुरस्कृत गर्दै आएको छ ।
सम्मानित मिश्र विर्तामोड लगायतका मुलुकका थुप्रै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रही देश र जनताको सेवा गरिसक्नु भएको छ भने डोल्पा लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिका कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ ।
सरकारका मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंह रहनुभएको थियो । सो कार्यक्रमको बिशेष अतिथिको रुपमा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने रहनुभएको थियो ।