२३ भदौ २०८२, सोमवार

जेनजी प्रदर्शन : प्रहरीको गोली लागेर १९ जनाको मृत्यु

२३ भदौ २०८२, सोमवार
Image

झापा, २३ भदौ । सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका ‘जेनजी’हरुले सोमबार राजधानीमा प्रदर्शन गरेका छन् ।

माइतीघरबाट प्रदर्शन सुरु गरेका जेनजीहरुले बानेश्वरमा निषेधित क्षेत्र तोड्दै संसद भवन घेराउ गरेका छन् ।

संसद् भवन भित्र प्रवेश गरेका जेनजी आन्दोलनकारी माथि प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीको ज्यान गएको हो । 

राजधानी र विभिन्न जिल्लामा प्रहरीको गोली लागेर यो समाचार तयार पारोसम्म १९ जनाको मृत्यु भइसकको छ ।

जेनजीहरुले भ्रष्टाचारको विरोधसहित सरकारले गरेको सामाजिक सञ्जाल बन्दको विरोध गर्दै नाराबाजी गरेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका अर्थात हाल १३ वर्ष पूरा भइ २८ वर्षसम्मको उमेर समूहलाई जेन्जी भनिन्छ । उपचारको क्रममा १७ जनाको निधन भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

जेनजी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि साेमबार एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।

झापाको विराटनगर, दमक र विर्तामोडमा समेत प्रहरीले जेनजीको प्रदर्शनमा गोली चलाएको छ ।